Others

आजदेखि मौसम सफा हुने

Sun Mar 31

काठमाडौ, चैत्र १८ :  पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम आजदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आजदेखि पश्चिमी क्षेत्रबाट मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ । प्रिमनसुनको समय भएकाले मौसममा गडबडीको गतिविधि दोहोरिरहने बताइएको छ । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थान र तराई भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी भोलि देशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्