News , Sports

एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटको टिम छनौट

Thu Nov 7

काठमाडौं, कार्तिक २१:यहि कार्तिक २६ गतेबाट बंगलादेशमा हुने एशियन क्रिकेट काउन्सिल एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुको छनोट भएको छ । नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतियोगिता खेल्न जाने १५ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी सहित सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल,  ललित नारायण राजवंशी  र पवन सर्राफ परेका छन् । यसैगरि सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल पनि टोलीका परेका छन् । नेपालले खेल्ने यो प्रतियोगितामा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछानेले भने नखेल्ने भएका छन् । दुवै जना त्यही समयमा युएईमा हुने टी-१० क्रिकेट लिग खेल्न जाने भएकोले नखेल्ने भएका हुन । युएइले नखेल्ने भएपछी नेपालले मौका पाएको यो प्रतियोगिता मंसिर ८ गतेसम्म हुनेछ ।  नेपालले कार्तिक २८ गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै कार्तिक ३० गते हङकङसँग र बंगलादेशसँग मंसिर २ गते खेल्ने छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्