Sports

ए डिभिजन लिगको अन्तिम खेल आज, उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्दै

Sat Feb 15

काठमाडौं, फागुन ३: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेल आज हुदै छ ।

दिउँसो १:३० बजेबाट दशरथ रंगशालामा हुने अन्तिम खेलसंगै लिगको ४२औं संस्करण समाप्त हुनेछ । यो संगै ए डिभिजनको नयाँ च्याम्पियन पनि छानिने छ । अन्तिम खेलमा जारी लिगकै हेबी वेट क्लब मानिएको मच्छिन्द्र र विभागीय टोली आर्मी भिड्दैछन् ।

लिगको अन्तिम खेल बाँकी रहँदा मच्छिन्द्र आर्मीभन्दा एक अंकले पछाडी छ । त्यसैले उपाधि जित्न अन्तिम खेलमा मच्छिन्द्रलाई जित्नै पर्ने दबाब छ । बराबर र हार भएमा मच्छिन्द्र च्याम्पियन बन्ने छैन । तर आर्मीलाई भने बराबरीले पनि च्याम्पियन बनाउँछ । लिगको १२ खेलमा ९ जित निकालेको आर्मी २९ अंक सहित शीर्ष स्थानमा छ भने मच्छिन्द्रको २८ अंक छ ।दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क छन् ।यस सिजनको उपाधि जित्न साविक विजेता मनाङ मर्स्याङ्दीबाट कप्तान विराज महर्जनसहित ७ खेलाडी अनुबन्ध गरेको मच्छिन्द्रले लिगमा मात्र एक हार व्यहोरेको छ । यस्तै मच्छिन्द्रले लिगको अन्तिम खेलअघि राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ति मगरलाई पनि अनुबन्ध गरेको छ । आर्मीविरुद्धको अन्तिम खेलमा मच्छिन्द्रले विमललाई मैदानमा उतार्ने छ । उता राष्ट्रिय टोलीका अनुभवी पूर्व खेलाडीहरु संगै यूवा खेलाडीहरुलाई मैदानमा उतारेका आर्मीका प्रशिक्षक नविन न्यौपाने पनि उपाधि जित्नेमा विश्वस्त देखिएका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्