Sports

ए डिभिजन लिगमा आज तीन खेल

Fri Feb 14

काठमाडौं, फागुन २: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा शुक्रवार पनि तीन वटा खेल हुने कार्यक्रम छ ।

विहान ८:४५ बजेबाट शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा र न्यूरोड टीम एनआरटी भिड्दैछन् भने १२:१५ बजेबाट शुरु हुने दोस्रो खेलमा थ्री स्टार र च्यासल क्लवले प्रतिस्पर्धा गर्दैछन् । यसैगरी ३:३० बजेबाट शुरु हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रवारको खेलमा जीत निकाल्दै तेस्रो स्थानमा पर्न चाहेका साविकको लिग विजेता मनाङ र अर्को टोली थ्री स्टारको खेल रोचक हुने अपेक्षा गरिएको छ । उपाधिको होडबाट बाहिरिएको सिविकको विजेता मनाङ तेस्रो स्थानमा रहँदै लिग सक्ने लक्ष्यमा छ । उता मनाङ भन्दा २ अंकले मात्रै पछाडी रहदै चौथो स्थानमा रहेको थ्रीस्टार पनि च्यासललाई पराजित गर्दै उत्कृष्ट तीनमा पर्न चाहान्छ । तर च्यासल जारी लिगमा ७ गोल गर्दै गोलकर्ताको दोस्रो स्थानमा रहेका आफ्ना स्ट्राइकर सन्तोष साहुखलको गोल संख्या बढाउदै जीत निकाल्ने लक्ष्यमा छ । लिगमा हालसम्म नौ गोल गर्दै एपिएफ क्लवका आशिष लामा सरुवाधिक गोलकर्ता बनेका छन् ।

लिगमा बिहिवार जुमानु राइको हयाट्रिकमा विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुमानुले खेलको दोस्रो हाफमा नै ३ गोल गरे । जित संगै पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा छ । त्यस्तै सकटा क्लवले आफ्नो अन्तिम खेलमा लिगकै सर्वाधिक धेरै गोल गर्दै  रेलिगेशनमा परेको टोली सरस्वती युथ क्लबलाई ६-२ गोल अन्तरले पराजित  गरेको छ ।

संकटा १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले १३ खेलमा मात्र ४ अक बनाउदा लिगको पुछारमा रहदै ए डिभिजन लिगबाट बी डिभिजनमा झरेको छ । उता लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १-१ गोलको बराबरी खेल्दै अंकका बाड्यो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्