Others

‘ए’ डिभिजन लिग फुटबलको दशौं चरण सम्पन्न, ११औं चरण बिहिवारबाट

Wed Feb 5

 काठमाडौं माघ, २२ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरण सम्पन्न भएको छ । १०औ चरणको समाप्तिमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले शीर्ष स्थानमा रहेको छ । आर्मी २३ अंकसहित शीर्ष स्थानमा रहदा २२ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा रहेको छ भने मनाङ तेस्रो स्थानमा छ । लीगमा हिजो भएको खेलमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पेक्सको मैदानमा भएको खेलमा फ्रेण्ड्सले एनआरटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै फ्रेण्ड्सले १० खेलमा १४ अंक जोड्दै लिगको नवौं स्थानमा समेत उक्लिएको छ । यसैबीच लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले बाँकि खेलको नयाँ तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको अन्तिम तीन चरणको खेल तालिका अनुसार भोलीबाट ११औ चरण सुरु हुनेछ । लिगको शिर्ष स्थानमा रहेको आर्मी र मच्छिन्द्रबीच अन्तिम खेल दशरथ रंगशालामा फागुन ३ गते खेल्नेछन् । लिगको बाकि ११ औं, १२ औं र १३ औं चरणको खेलहरु एन्फा कम्प्लेक्स र हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने एन्फाले जनाएको छ । आज कुनै पनि खेल नहुने लिगमा भोली मच्छिन्द्र र सरस्वती तथा एपिएफ र त्रिभुवन आर्मीले खेल्नेछन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्