Politics

ऐतिहासिक तथ्यलाई कसैले काट्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल

Fri May 22

काठमाडौं, जेठ ९ः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसंग वार्ता गर्न नेपाल तयार रहेको बताउनुभएको छ ।

भारतसँगको सीमाका सन्दर्भमा सरकारसँगका ऐतिहासिक तथ्य र प्रमाणलाई कसैले काट्न नसक्ने उहाँको भनाई छ । नेपालसित घनिष्ठ मित्रता रहेका कारणले भारतले यसमा सकारात्मक सम्बोधन गर्नुपर्ने बताउदै उहाँले हेपाहा प्रवृत्तिलाई भने स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

स्वाधीनता र स्वतन्त्रताका पक्षमा कसैसंग नझुक्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले वार्तामा सबै कुरा स्पष्ट राख्ने उल्लेख गर्नुभयो । वार्ता मनोगत आग्रहका आधारमा नभै तथ्य र प्रमाणकै आधार हुने उहाँले जानकारी दिनुभयो । उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले ऐतिहासिक तथ्य, प्रमाण र राष्ट्रिय शक्तिहरूको एकताबद्ध सङ्कल्पसहित नेपालले आफ्नो भूमिमाथि आफ्नो स्वामित्वलाई कायम गर्न सक्छ भन्नुभयो ।

दार्चुलाको सीमा क्षेत्रमा पूर्वाधार र विकासमा पनि अब ध्यान दिने बताउदै पोखरेलले आफ्नै भूभागमा जाँदा विदेशी भूमिबाट जानुपर्ने विडम्बनापूर्ण अवस्थाको छिट्टै अन्त्य हुने बिश्वास दिलाउनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्