Sports

ओलम्पिक प्रतियोगिता २०२१ मै हुनेमा ढुक्क हुन जापानको आग्रह

Fri May 22

काठमाडौं जेठ ९ः जापानले आफ्नो देशमा हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ ।

कोरोनाभाइरसका कारण यस बर्षका लागि निर्धारित प्रतियोगिता एक बर्ष पर धकेलिएको छ । तर प्रतियोगिता  २०२१ मा पनि आयोजना हुने वा नहुने भन्नेमा अझै दुविधायुक्त खबरहरु आइहेका छन् ।

स्वास्थ्य महामारीका कारण एक बर्ष पर सारिएको प्रतियोगिता फेरी सारिए प्रतियोगिता गर्नुभन्दा रद्ध गर्नु नै उचित हुने ओलम्पिक कमिटिका एक पदाधिकारीले पनि प्रतिक्रिया दिएका थिए ।

यसै सन्दर्भका जापान सरकारका प्रवक्ताले अर्को बर्ष ओलम्पिक प्रतियोगिता आयोजना हुने र त्यो जापानमा नै हुने स्पष्ट पार्नुभएको छ । उहाँले प्रतियोगिता आयोजना स्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाइने बताउनु भएको भएपनि दर्शकहरुको उपस्थितिबारेमा भने केही नबोल्नु भएको बताइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्