News , Sports

ओलम्पिक महिला फुटबलका लागि एसियाली छनोट अन्तरगत नेपाल र म्यानमार बीचको खेलमा एक-एक गोलको बराबरी

Mon Nov 12

म्यानमारमा जारी ओलम्पिक महिला फुटबलका लागि एसियन छनोट अन्तरगत हिजोको खेलमा नेपाल र घरेलु टोली म्यानमा एक-एक गोलको बराबरी खेलेका छन् । याङगुनस्थित थुनुवा स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफको दोस्रो मिनेटमै १ गोल गरि अग्रता लिएको थियो । नेपालका लागि सावित्रा भण्डारीले पेनाल्टीमा गोल गरेकी थिईन । तर खेलको १४ मिनेटमा म्यानमाले खेल बराबरीमा ल्यायो । म्यान्माका लागी खिन मोइ वाईले कर्नर मार्फत गोल गरेर खेल बराबरीमा ल्याइन । हिजोको खेलमा नेपाल र म्यान्माले १-१ अङ्क बाँडेका छन् । यो खेलपछि पनि नेपालको छनौटको सम्भावना भने जिवितै छ । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्