Sports

ओसाका विश्वकै धेरै कमाउने महिला खेलाडी

Sat May 23

काठमाडौं, जेठ १०ः विश्व टेनिसमा दुई पटक ग्राण्ड स्लाम उपाधि जित्न सफल भएकी जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका महिला खेलाडीहरुको आम्दानीको सूचीमा ओसाकाले यस अघिकी सर्वाधिक धेरै कमाउने अमेरिकी टेनिस खेलाडी सरिना विलियम्सलाई पछाडी पारेकी हुन् ।

पत्रिकाका अनुसार ओसाकाले विगत १२ महिनाको अवधिमा खेलबाटै ३ करोड ७४ लाख अमेरिकी डलर आम्दानी गरेकी छिन् । उनको यो कमाइ अर्की टेनिस सुन्दरी सरिनाको भन्दा १५ लाख डलरले बढी हो ।

ओसाका र सरिना अघी रुसकी विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभा धेरै कमाइ गर्ने महिला खेलाडी बनेकी थिइन् ।

विश्वभरीकै एक शय धेरै कमाउने खेलाडीहरुको सूचिमा भने ओसाका २९औ र सरिना ३३औ स्थानमा परेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्