Featured

कचनकवलमा कोरोना कहर,

Thu May 21

झापा, जेठ ८ः झापाको कचनकवल गाउँपालिकामा थप कोरोना संक्रमित रहेको पुष्टि भएपछि कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ ।

भारतबाट आई क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बिराटनगरमा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो ।

जिल्लाभरिमा संक्रमितको संख्या २७ पुगेको छ । कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको सबै वडाहरुलाई जेठ ११ गते सम्मका लागी सिल गरि लकडाउनलाई थप कडा पारिएको छ ।

अत्यावश्यक सेवा वाहेक गाउँपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न र घरवाहिर हिंडडुल गर्न पुर्णरुपमा रोक लगाईएको छ ।

सिमानाकामा सुरक्षाकर्मीको उच्च निगरानी भएपनि खुला सिमाका कारण कचनकवल गाउँपालिकाको पाठामारि र केचना नाकाबाट नेपालीहरु दैनिकजसो रातको समयमा लुकिछिपी गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन् ।

कचनकवल गाउँपालिकामा लुकिछिपी प्रवेश गर्ने १९० जनालाई पक्राउ गरि ४ वटा विद्यालयको क्वारेन्टाईनमा राखिएको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले जानकारि दिनुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्