News

कतार एयरवेजबाट आएका ५ जना क्‍वारेन्टाइनमा

Thu Mar 26

काठमाडौं, चैत्र १३ः चैत ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य छ । सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव रुपमा थालिएको हो ।

यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन् । यसैगरी यही चैत ४ गते कतार एयरवेज बाट नेपाल आएका रसुवाका दुई जना नागरिक सेल्फ क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार उनीहरू काठमाडौंमा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनीहरू रसुवा गएका छैनन् भने उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको उहाँले बताउनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्