Province

कर्णाली राजमार्गको दैलेख सडकखण्डको राजमार्ग अबरुद्ध

Tue Jun 30

दैलेख, असार १६ः कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका-३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन रोकिएका छन् । आठबीसका नगर प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताउनुभयो । ‘सडक डिभिजन कार्यालयलाई पनि खबर गरेका छौं, तर पहिरो ठूलो छ ।

पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको छ’, वहाँले भन्नुभयो,‘यो डोजरले पहिरो हटाउन अझै दुई दिन लाग्छ ।

यसैबीच आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ ।

राति कालीकोट जिल्ला अस्पतालबाट वच्चा जन्माएकि खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो । तर सडक अवरुद्ध हुदा समस्या परेकाले शिशुका बाबु चिन्तित छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्