World

काबुलस्थित शिख मन्दिरमा आक्रमण हुँदा २७ व्यक्तिको मृत्यु

Wed Mar 25

काठमाडौं, चैत्र १२ः अफगानिस्तानको राजधानी काबुलमा रहेको शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ ।

काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ ।

आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए । घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् ।

एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य ८ जना घाइते भएको उल्लेख छ । अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै ४ जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्