News

कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ

Tue Apr 7

काठमाडौं, चैत्र २५ः सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ ।

नेपाल प्रहरीले आज ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।

एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्