Province

कैलालीमा निषेधाज्ञा

Mon Mar 23

कैलाली, चैत्र १०ः जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कोरोनाको सङ्क्रमण फैलिन नदिन कुनै पनि गतिविधि हुन र गर्न नदिने गरी जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

कार्यालयले आज जारी गरेको सूचनामा कैलाली जिल्ला कोरोनाको सम्भावित सङ्क्रमणको उच्च जोखिममा रहेको परिप्रेक्ष्यमा यसको सम्भावित सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको सङ्क्रमण फैलिन नदिन नेपाल राजपत्रले तोकेका अत्यावश्यकबाहेकका अन्य सेवा अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐनअनुसार नगर्न नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

उक्त आदेशको उल्लङ्घन गर्नेलाई कानूनबमोजिमको कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्