Politics

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिइने

Wed Apr 8

काठमाडौं, चैत्र २६ः प्रदेश नं १ सरकारले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा ५० लाख रुपैया दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारले खटाएका कर्मचारीको कोरोना रोगबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रुपैया प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्