World

कोभिड-१९ को संक्रमणः भारतमा देशव्यापी रुपमा लकडाउनको घोषणा

Wed Mar 25

काठमाडौं, चैत्र १२ः कोरोना भाइरस कोभिड-१९ को संक्रमणको गति घटाउन भारतले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिभिजनमार्फत् सम्बोधन गर्दै आगामी २१ दिनका लागि लकडाउनको घोषणा गर्नुभएको हो । लक डाउनमा नागरिकहरुलाई घर बाहिर आउन पूर्ण रुपमा बन्देज लगाइएको छ ।

प्रधानमन्त्री मोदीले संकटको घडीमा नागरिकहरुलाई त्रसित नहुन आग्रह गर्नुभएको छ । लकडाउनको घोषणा लगत्तै राजधानी दिल्ली अन्य शहरका पसलहरुमा भीड लागेको छ ।

नागरिकहरु खाद्यान्न लगायत आवश्यक वस्तुहरुको खरिदका लागि कसरी बाहिर निस्कन सक्छन् भन्ने कुरा नखुलाइएकाले समस्या भएको संवाददाताहरुले बताएका छन् । पछिल्ला केही दिनमा भारतमा कोरोना भाइरसको संक्रमण दर व्यापक रुपमा बढ्न थालेपछि सरकारले लकडाउन गरेको हो ।

हालसम्म भारतमा ५ सय १९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १० जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकले लक डाउनको घोषणा गरेका छन् ।

भारतको १ अर्व ३० करोड जनसंख्या पनि लकडाउनमा समावेश भएको छ । विश्वमा झण्डै ४ लाख मानिसमा कोभिड-१९ को संक्रमण भइसकेको छ । कोरोना संक्रमणका कारण १७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्