Politics

कोभिड १९ सम्बन्धमा १११५ को टोल फ्रि नम्वरमा सम्पर्क गरी जानकारी लिन सकिने व्यवस्था

Mon Mar 23

काठमाडौं, चैत्र १०ः कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले सातै प्रदेशमा स्वास्थ्य जनशक्तिलाई कृयाशिल बनाएको छ ।

कोरोना भाईरस रोगथाम विशेष तयारी तथा उपचार प्रकृयालाई थप प्रभावकारी बनाउन सरकारले सातै प्रदेश अन्तरगत रहेका मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र चिकित्साशास्त्र अघ्ययनरत विधार्थी समेतलाई परिचालित गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस कोभिड १९को सम्बन्धमा एक एक एक पाँच  (१११५) नम्वरको टोल फ्रि नम्वरमा सम्पर्क गरि जानकारी लिन सकिने व्यवस्था गरेको छ।

नेपाल चिकित्सक संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेका लागि चिकित्सकको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर उपलब्ध गराएको छ।

अब देशभरका सर्वसाधरणले कोरोनाभाइरससम्बन्धी कुनै पनि परामर्श सेवाको आवश्यकता परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सक्नेछन् । संघले नागरिकहरूलाई यस्तो अवस्थामा नआत्तिन बरू चिकित्सकसँग आवश्यक सल्लाह लिन समेत आग्रह गरेको छ ।

यसैगरि नेपाल टेलिकमले पनि ‘एनटी सूचनाको संसार’ सेवामार्फत् मोबाइलमा कोरोना भाइरसबारे जानकारी दिई रहेको छ । करिब ३७ सेकेन्डको जानकारीमूलक सन्देश मार्फत टेलिकमले कोरोना भाइरस के हो, यसका लक्षण, फैलिने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय र अपनाउनु पर्ने सावधानीकाबारेमा आमनागरिकलाई जानकारी गराईरहेको छ । यसका लागी टोल फ्री नम्वर तीन दुई एक शुन्ना शुन्ना (३२१००) मा सम्पर्क गर्नु पर्ने हुन्छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्