News , Sports

कोरोनाका कारण ओलम्पिक खेल हुनेमा शंका, जापान भन्छ-ढुक्क हुनुस हुन्छ

Fri Feb 14

काठमाडौं, फागुन २: जापानले आगामी जुलाई २४ तारिखबाट टोकियोमा हुन लागेको ग्रिष्मकालिन ओलम्पिक खेल कोरोना भाइरसको त्रासका कारण स्थगित नहुने स्पष्ट पारेको छ ।

अगस्ट ९ तारिख सम्म आयोजना हुन लागेको विश्व खेलकुद प्रतियोगिता स्थगित हुनलागेको भन्ने हल्ला चलेपछी जापानले खेल पूर्वनिर्धारित कार्यतालिका अनुरुपनै सञ्चालन हुनेमा विश्वस्त रहन भनेको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भएकाले प्रतियोगिता स्थगित भएको हल्ला गलत भएको आयोजकहरुले बताएका छन् । ओलम्पिक प्रतियोगिताको आयोजक समितिका अध्यक्ष योशिरो मोरीले टोकियो ओलम्पिक प्रतियोगिता स्थगित गर्ने वा पछाडि सार्नेगरी कुने काम नहुने बताउनुभएको छ ।

आइओसी समन्वय आयोगका अध्यक्ष जोन कोस्टले पनि कोरोनासम्वन्धी समस्या समाधान गर्ने जिम्मेवारी सरकार र अन्य सरोकारावालाहरुको भएकाले त्यसमा ओलम्पिक आयोजकले चिन्ता लिनु नपर्ने बताउनुभएको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने अरु २४८ जना सङ्क्रमित भएको पुष्टि भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्