News

कोरोनाको आशङ्का गरिएका एकजनाको मृत्यु

Thu May 28

धनगढी, जेठ १५ः सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको हिजो मृत्यु भएको छ ।

गौरीफन्टा सीमानाकाबाट मङ्गलवार अस्पताल पुर्‍याइएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताउनुभयो ।

भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस भएपछि उनलाई अस्पताल पुर्‍याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्