Featured

कोरोनाको जोखिम नियन्त्रणमा लगाइएको आवागमन प्रतिबन्धको आज दोश्रो दिन

Wed Mar 25

काठमाडौं, चैत्र १२ः कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रणका लागि सरकारले लगाएको आवागमन प्रतिबन्धको दोश्रो दिन आज पनि काठमाण्डौ उपत्यका लगायत देशभर विहानैबाट पालना भएको छ ।

सार्वजनिक सवारी पूर्णरुपमा बन्द छन् भने सडकमा सर्वसाधारणको आवत जावत पनि बन्द छ । तर अत्यवश्यक सेवाका केही सवारी साधन चलेका छन् । त्यसैगरी अत्यवश्यक सेवामा खटिएका ब्यक्तिहरु पनि फाट्टफुट्ट काममा निस्केको पाइएको छ ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति विहानैबाट बक्लो रुपमा छ । अनाबश्यकरुपमा घर बाहिर निस्कनेहरुलाइ सुरक्षाकर्मीले सम्झाइ बुझाइ गरेका छन् ।

हिजो पहिलो दिन धेरैले आवागमन प्रतिबन्धको उल्लंघन गरेकाले आज थप कडाइ गरिएको छ । यसैबीच हिजो पहिलो दिन आवश्यक वस्तु तथा सेवा संचालन गर्ने निकायहरु पनि बन्द देखिएको जनाउदै गृह मन्त्रालयले आबश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु सदाझै निर्वाध संचालन गर्न अनुरोध गरेको छ ।

भिडभाड नहुने गरी सुरक्षितरुपमा आबश्यक वस्तुहरुको पसल संचालन गर्न मन्त्रालयले अनुरोध गरेको हो । खासगरी स्वास्थ्य, सरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, संचार लगायतका आबश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु सदाझै निर्वाध संचालन गर्न गृह मन्त्रालयले अनुरोध गरेको हो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्