World

कोरोनाबाट नौ सय बढीको मृ्त्यु, राष्ट्रपति सी अस्पतालमा

Tue Feb 11

काठमाडौं, माघ २८ः चीनमा कोरोना भाइरस नियन्त्रणका लागि ४० हजार सामुदायिक कार्यकर्ता  परिचालन गरिएको छ ।

चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरुलाई परिचालन गरिएको त्यहाँका नागरिक मामिला अधिकारीहरुले  जानकारी दिएका छन् ।  हरेक समुदायमा औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालन गरिएको हो ।  कार्यकर्ताहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नु पर्ने मुख्य जिम्मेवारी दिइएको छ ।

डिसेम्बरको अन्त्यतिर चीनमा देखिएको यो नयाँ भाइरस द्रुत गतिमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हालसम्म भाइरसको संक्रमणका कारण कुल ९०८ जनाको मृत्यु भइसकेको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

यसै बीच चीनिया राष्ट्रपति सी चिन फिङले बेइजिङ स्थित एक अस्पतालको भ्रमण गरी स्वास्थ्यकर्मीहरुसँग भेट गर्नुभएको छ । भाइरसको संक्रमणपछि सार्वजनिक रुपमा नदेखिनु भएका राष्ट्रपति सीले सामुदायिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरी वस्तुस्थितिको जानकारी लिनुभयो । मास्क लगाएर जानु भएका राष्ट्रपति सीको समेत स्वास्थ्य केन्द्रमा तापक्रम मापन गरिएको छ । भाइरसको केन्द्रविन्दुका रुपमा रहेको हुबेई प्रान्तको भने राष्ट्रपति सीले हालसम्म भ्रमण गर्नुभएको छैन ।

विश्व स्वास्थ्य संगठनको विज्ञ टोली भाइरसको प्रकोपको छानविन गर्न चीन पुगेको छ ।

झण्डै दुई हप्ता बेइजिङसँगको वार्तापछि सो टोली चीन पुगेको हो । विश्व स्वास्थ्य संगठनले भाइरसको नियन्त्रणका लागि चीनले गरेको कामको प्रशंसा गर्दै भाइरसको संक्रमणका कारण हुने मृत्युदर झण्डै २ प्रतिशत रहेको जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्