World

कोरोनाबाट विश्वभरि सोह्र हजार ५५८ को मृत्यु

Tue Mar 24

काठमाडौं, चैत्र १२ः विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् भने ७ हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण १ हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । ७ हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना सङक्रमित रहेका छन् । ३ हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७९६ सङ्क्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० सङ्क्रमित भएका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्