Others

कोरोनाभाइरसबाट विश्वभरि १८,९०७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

Wed Mar 25

काठमाडौं, चैत्र १२ः विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभर ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २८१ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २१८ जना सङ्क्रमित रहेका छन् । चीनबाट पछिल्लो प्राप्त एक समाचारअनुसार ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १७६ जना सङक्रमित रहेका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण १ हजार ९३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८११ जना सङक्रमित रहेका छन् । स्पेनमा २ हजार ९९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना सङक्रमित रहेका छन् ।

त्यसैगरी जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९९१ जना सङक्रमित रहेका छन् । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ७८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८६७ जना सङक्रमित भने ३७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।

बुधबारसम्म सङ्क्रमित मात्र देशहरुमा नेपाल, म्यानमार काजाकिस्तान, कङ्गो भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अङ्गोला, बेनिन आदि रहेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्