Others

कोरोना उपचार कोषमा रकम जम्मा गर्न सरकारको अनुरोध

Mon Mar 23

काठमाडौं, चैत्र १०ः सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गर्नु भएको हो ।

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्