Featured

कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्मको खर्च ९ अर्ब ८७ करोड रुपैया

Wed Jun 3

काठमाडौं, जेठ २१ः कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड रुपैया खर्च भएको सरकारले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको हो ।

जसमध्ये केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट २ अर्व ७६ करोड रुपैँया खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

कोरोना उपचार तथा नियन्त्रण कोषमा हालसम्म २ अर्व ३२ करोड रुपैया जम्मा भएको उहाले जानकारी दिनुभयो । लकडाउनको स्वरुप निर्धारण गर्नका लागि समितले आज स्वास्थ्य क्षेत्रका बिज्ञहरुसंग छलफल गरेको उहाले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्