Featured

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी

Tue Apr 7

काठमाडौं, चैत्र २५ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ ।

आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ ।

आज  कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ । –

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्