World

कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै

Tue Mar 17

काठमाडौं, चैत्र ४ः कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ ।

इटलीमा आजसम्म २७ हजार ९८० बिरामी भएकोमा २ हजार १५८ जनाको मृत्यु भएको छ । यता अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या ४ हजार ८ सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या भने ८५ रहेको छ ।

तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १०, क्यालीफोर्नियामा ७ जनाको मृत्यु भएको छ । यसैगरि दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् ।

योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८ हजार ३२० पुगेको छ । त्यसैगरी थप ६ जनाको मृत्यु भएसँगै कोरियामा कूल मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएका छन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सञ्चो भएर घर फर्किएका छन् ।

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम ३ व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्