Politics

संकटको समयमा ‘चीन नेपालको साथमा’

Tue Mar 24

काठमाडौं, चैत्र ११ः चीनले नेपाललाई कोरोना भाइरसको सङ्क्रमण रोक्न आवश्यक सबै सहयोग गर्ने बताएको छ ।

नेपालमा एक जनामा सङ्क्रमण भएको पुष्टी भए लगत्तै सबै क्षेत्र बन्द गरिएपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै नेपालमा लागि चीनिँया राजदूत होउ यान्छीले कोरोना विरुद्धको लडाईमा चीन नेपालसंगै रहेको बताउनु भएको हो ।

राजदूत यान्छीले चीनले नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ ।

आफ्नो सन्देशमा राजदूत यान्छीले नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्नुभएको छ ।

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेख्नुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्