Featured

कोरोना महामारीका बीच सरकारले आज संसद्‍मा वार्षिक बजेट प्रस्तुत गर्दै

Thu May 28

काठमाडौं, जेठ १५ः आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आज सार्वजनिक हुँदैछ । राजश्व र आयको विवरण बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ ।

कोरोना भाइरसको महामारीका कारण मुलुकनै लकडाउनको अवस्थामा रहेकै बेला बजेट आउन लागेको हो । आगामी आर्थिक बर्षको बजेटमा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने र यसका लागि स्वास्थ्य संस्थाको स्थापना एवम् स्तरोन्नती, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र स्वास्थ्य सेवाको पुनसंरचनालाई बजेटले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।

सरकारले यसअघी संसदमा पेश गरेको निति तथा कार्यक्रमका आधारमा यसपटकको बजेटले कृषि तथा ओद्योगिक उत्पादनमा बजेटले जोड दिने र नेपालको अर्थतन्त्रलाइ उत्पादनशील र सुदृढ बनाउने निति अघि सार्ने अनुमान छ ।

राजनितिक स्थिरता,सामाजिक न्याय, सुशासन प्रवृद्धन र संघियता कार्यान्वयनका लागि विभिन्न योजनाहरुका साथै कृषि उत्पादकत्वमा वृद्धि र कृषिको आधुनिकिकरणका लागि कृषिमा लगानी बढाउने कार्यक्रम पनि बजेटले समेट्ने विश्वास गरिएको छ ।

यसैगरी वैदैशिक रोजगारिबाट फर्कनेहरुको संङख्या बढ्न सक्ने आकंलन गर्दै सरकारले आन्तरिक रोजगारी सृजनाका लागि सहुलियत ऋणको व्यवस्था गर्ने र उनीहरुलाई व्यावसायिक कृषिका साथै निर्माण र उद्योग जस्ता क्षेत्रमा परिचालिन गर्न बजेटले जोड दिने अपेक्षा पनि गरिएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्