World

कोरोना विरुद्धको लडाइँमा ऐक्यवद्धताका लागि अपिल

Sat Feb 15

काठमाडौं, फागुन ३: विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्ध लड्न विश्व समूदायकाबीच सामूहिक ऐक्यवद्धताका लागि अपिल गरेको छ ।

भाइरसको सङ्क्रमण विरुद्ध चीन एक्लैले लडिरहेको तर त्यसमा विश्व समूदायको सहयोग नदेखिएको भन्दै विश्व स्वास्थ्य संठगनले सबैको सहयोगका लागि आग्रह गरेको हो । भाइरसको सङ्क्रमणको अस्वस्थाबारे स्विट्जरल्याण्डको जेनेभामा भएको कार्यक्रममा सम्वोधनका क्रममा संगठन प्रमुख डाक्टर टडरोस एडहानोमले भाइरस विरुद्ध एक्लै लडिरहेका चीनियाँ जनतालाई सहयोगका लागि गरिएको आग्रह प्रति विश्व समूदायले चासो नदेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । उहाँले अबको साता स्वास्थ्य संगठनको टोली चीन जान लागेको जानकारी पनि दिनुभयो ।

स्वास्थ्य संगठनका कार्यकारी निर्देशकले पनि प्रकोपलाई राजनितिकरण गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै सामूहिक प्रयासका लागि अपिल गर्नुभयो । यसैबीच चीनले बेइजिङ प्रवेश गर्ने सबैलाई अनिवार्य १४ दिनको स्व-क्वारेन्टाइनमा बस्न आदेश जारी गरेको छ । भाइरसको सङ्क्रमण अझैपनि देखिरहेकोले बेइजिङले शहर प्रवेश गर्ने सबैलाई अनिवार्य क्यारेन्टाइनमा बस्न भनेको हो । त्यसो नगरेका स्वास्थ्यकर्मीहरुले नै १४ दिनको क्वारेन्टाइनमा लगेर राख्ने बताइएको छ ।

भाइरसको सङ्क्रमणबाट चीनमा हालसम्म १३ सयको मृत्यु भइसकेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्