World

कोरोना विश्वव्यापी महामारी बन्दैः विश्व स्वास्थ्य संगठन

Fri Feb 28

काठमाडौं, फागुन १६ः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिन लागेको बताएको छ ।

स्वास्थ्य संगठनमा प्रमुख डाक्टर टेडरोस गेब्रिएसुसले भाइरसको सङ्क्रमण निर्णायक चरणमा पुगेको बताउनुभएको हो । चीनबाट शुरु भएको सङ्क्रमण विश्वका झण्डै ५० मुलुकहरुमा फेला परी सकेको छ ।

विश्वभर हालसम्म ८० हजार बढीलाई सङ्क्रमण भइसकेको छ भने सङ्क्रमण भएर २८ सयको मृत्यु भइसकेको छ । सबै देशहरुले भाइरस विरुद्ध रकथामका लागि लडिरहेका बेला विश्व स्वास्थ्य संगठनले थप फैलिन नदिन अब के गर्ने भन्ने निर्णायक बेला आएको बताएको हो ।

चीन बाहिर भाइरसको प्रभाव कसरी बढीरहेको छ भन्नेमा ध्यान केन्द्रित गर्नपनि स्वास्थ्य संगठनले आग्रह गरेको छ । चीन बाहिर इरान र इटालीमा भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिइ रहेको छ ।

इरानमा उच्च अधिकारीहरु समेत सङ्क्रमण भएको छ । कोभिड-१९ कोरोना भाइरसबाट त्यहाँका महिला तथा पारिवारिक मामिला हेर्ने उपराष्ट्रपति पनि विरामी पर्नुभएको छ । केहि दिन अघी इरानी उपस्वास्थ्य मन्त्रीलाई पनि सङ्क्रमण भएको थियो ।

यसैगरी इटालीमा तिब्र रुपमा फैलिइरहेको भाइरसका कारण एउटा शहरलाई सम्पूर्ण रुपमा क्वारेन्टाइमा राखिएको छ । यसैगरी कोरियाले पनि सङ्क्रमित रहेको थेंगु शहरलाई पूर्णरुपमा बन्द गराइ रोकथामको उपाय लगाइरहेको छ ।

यसैबीच जापानमा कोरोनाको सङ्क्रमणको उपचार पछि ठीक भएर घर फर्किएकी एक जना महिलामा पुनः सङ्क्रमण फेला परेपछि देशभर विद्यालय बन्द गरिएको छ ।

भाइरसको त्रासले व्यवसायिक गतिविधी शुन्य भएपछि विश्व शेयर बजार नराम्ररी खस्किएको छ । यात्रामा प्रतिवन्ध र वस्तुहरुको ओसार परसा रोकिएपछि विश्व बजारमा नै त्यसको असर देखिन शुरु भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्