Featured

कोरोना संक्रमणको जोखिम कम गर्न भारतसँग जोडिएका निश्चित सीमा मात्र खुल्ला गर्ने सरकारको तयारी

Tue Mar 17

काठमाडौं, चैत्र ४ः कोरना कोभिड- १९ को सम्भावित संक्रमणको जोखिम कम गर्न सरकारले भारतसँग जोडिएका निश्चित सीमा नाकामात्र आउजाउ लागि खुला गर्ने तयारी गरेको छ ।

नेपाल टेलिभिजनसँग कुरा गर्दै स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कोरनाको सम्भावित संक्रमणको जोखिम कम गर्न केही निश्चित सिमानाकाबाट मात्र आउजाउ गर्न ब्यवस्था गर्ने गरी कुटनीतिक पहल अघि बढाइएको जानकारी दिनुभएको हो ।

संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अतिआवश्यक औषधी कीट लगायतका समाग्रीको ब्यवस्थापनको तयारीको तीव्र रुपमा भइरहेको मन्त्री ढकालले जानाकारी दिनुभयो ।

यस्तै गत आइतबार भएको सार्कको भिडियो कन्फरेन्सको मर्मअनुसार साझा संयन्त्र गठन र चीनले गरेको सहयोगको प्रस्तावका लागि आवश्यक वातावरण निर्माणमा कूटनीतिक पहल समेत भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

चैत्र ६ गतेबाट सुरु हुने एसईईको परिक्षा सम्पन्न भएपछि कम्तिमा १ महिना नयाँ भर्ना लगायतका कुनै पनि शैक्षिक गतिविधिहरु संचालन नगर्न सुचना गरिसकिएको समेत मन्त्री ढकालले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्