Featured

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, ४८२ जना संक्रमित, संक्रमितको संख्या १४ हजार नाघ्यो

Wed Jul 1

काठमाडौं, असार १७ः कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

बयलपाटामा उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कुल १४ हजार ४६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्