Featured

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३ पुग्यो, आज मात्रै २६ जना संक्रमित थप

Thu May 21

काठमाडौं, जेठ ८ः नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । रुपन्देहीको क्रीम्सन अस्पतालमा उपचाररत ४१ बर्षीय पुरुषको आज विहान निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पूगेको छ ।

यसैगरी नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । झापाका ८ जना र रुपन्देहीका १ जना रहेका छन् । संक्रमितहरु १७ देखि ५५ बर्ष उमेर समुहका रहेका छन् ।

आज मात्रै २६ जनामा संक्रमण देखिएको छ । यो संगै कोरोनाबाट संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज बिहान १७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् । उनिहरु १८ देखि ४६ वर्ष उमेर समूहका छन् । मुलुकका ३८ जिल्लामा संक्रमितहरु फेला परेका छन् ।

आज ४ जना टेकु मस्पतालबाट डिस्चार्ज भएका छन् । अहिलेसम्म मुलुकभर ४९ जना डिस्चार्ज भएका छन् ।हालसम्म ३८ हजार ७ सय ३६ जनाको पीसीआर र ७८ हजार ६ सय ९५ जनाको आरडीटी परीक्षण गरिएको छ ।

संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्