Featured

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संङख्या ९ पुग्यो, २०१ जनामा कोरोना पुष्टि

Wed Jun 3

काठमाडौं, जेठ २१ः नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संङख्या ९ पुगेको छ ।

यस्तै नेपालमा थप २ सय १ कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संङख्या २३ सय पुगेको छ । संक्रमित मध्ये पुरुषको संख्या २१ सय ३० र महिला १ सय ७० जना हुनुहुन्छ ।

संक्रमण ६४ जिल्लामा फैलिएको छ । कोरोना संक्रमण जितेर निको हुनेको संङख्या २ सय ७८ पुगेको छ ।

हालसम्म सातैसम्म क्वारेन्टिनमा १ लाख ५५ हजार ८ सय ५५ जना हुनुहुन्छ ।हालसम्म पिसिआर परिक्षण ८० हजार २ सय ६७ वटा परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ९ सय वटा पिसिआर परीक्षण भएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्