World

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

Sun Jun 7

काठमाडौं, जेठ २५ः कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वर्ल्ड मिटर्सका अनुसार आज विहानसम्ममा मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६ सात पुगेको छ ।

यसैगरी संक्रमित हुनेको कूल संख्या ६९ लाख ६६ हजार नाघेको छ । तथ्याङ्क अनुसार संक्रमित मध्ये ३४ लाख ६ हजार जनालाई भने उपचार पछि निको भएको छ ।

अझैपनि विश्वभरमा ३१ लाख५८ हजार जनामा संक्रमण छ । ती मध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने दुई प्रतिशतको अवस्था गम्भिर रहेको छ ।

विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३५ हजार ९ शयको मृत्यु भइसकेको छ । यसैंबीच लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले कोरोनाभाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देश बन्न पुगेको छ ।

बढ्दो संख्याकै बीच लकडाउन खुकुलो बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले त्यस्तो नगर्न दिएको सुझावदिएपछि राष्ट्रपति जैर बोल्सोनारोले डब्लुएचओको व्यवहार सकारात्मक नभएको आरोप लगाउदै डब्लुएचओबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

उहाँले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर भूमिका खेल्न लागेको आरोप पनि लगाउनु भएको छ । सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको अमेरिकाले यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गर्दै डब्लुएचओलाई दिदै आएको सहयोग समेत रोक्ने बताइसकेको छ ।

संक्रमणको तथ्यगत विवरण र रोकथामको सही उपाय पहिल्याउनु भन्दापनि चीनको पक्षपोषण गरेको भन्दै डब्लुएचओ आलोचित भएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्