News

कोरोना संक्रमितले मापदण्ड पूरा गरी घरमै आइसोलेशनमा बस्न पाउने

Wed Jun 3

काठमाडौं, जेठ २१ः सरकारले कोभिड-१९ का संक्रमितहरुले घरमै आइसोलेसनमा बस्न सक्ने व्यवस्था गरेको छ ।

कोभिड १९ का विरामी दिनप्रति दिन बढ्दै गएको अवस्थामा केश व्यवस्थापनलाई प्रभावकारी बनाइ गैर कोभिढ स्वास्थ्य सेवालाई नियमित गर्न जारी गरिएको आइसोलेसन सम्बन्धी निर्देशिकामा यो व्यवस्था छ ।

कोरोना संक्रमणको लक्षण नदेखिएका र हल्का लक्षण देखिएकाहरु घरमै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आइसोलेसन सम्बन्धी निर्देशिका जारी गर्दै होम आइसोलेसनको मापदण्ड छुट्याएको छ ।

मापदण्ड पूरा भएमा स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बस्न निर्देशन दिन सक्ने निर्देशिकामा उल्लेख छ । तर, घरमा बस्नका लागि निर्देशिकामा उल्लेख गरिएका नियम पालना गर्न मन्जुरीनामा गर्नुपर्ने उल्लेख छ ।

होम आइसोलेसनमा बस्न कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएमा लक्षण नभएका (एसिम्प्टोम्याटिक), हल्का (माइल्ड), मध्यम भएको यकिन हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्