Featured , World

कोरोना सङ्क्रमण दर घट्दै, अझै सचेत रहनुपर्ने स्वास्थ्य संगठनको चेतावनी

Thu Feb 13

काठमाडौं, फागुन १: विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी अन्त्य भयो भन्न निकै छिटो हुने भए पनि नयाँ संक्रमण दर भने न्युन भएको जनाएको छ ।

डब्लु एच ओ महानिर्देशक टेड्रोस गिब्रेससले प्रकोप जुनसुकै दिशामा जानसक्ने  तर्फ भने सचेत रहनुपर्ने बताउनुभएको छ ।

चीनले कोरोना भाइरसको नयाँ संक्रमण घट्दो क्रममा रहेको जनाउँदै दुई हप्तामा २ हजार १५ वटा नयाँ केस भेटिएको जानकारी दिएको छ । भाइरसको संक्रमणका कारण हालसम्म १ हजार १ सय जनाको मृत्यु भइसकेको छ । यसबाट संक्रमितको संख्या पनि ४४ हजार ६ सय रहेको छ । संक्रमण दर उच्च रहेका बेला चीनमा एकै दिनमा ४ हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । चीनिया इपिडिमियोलोजिस्टले चीनमा फैलिएको कोरोना भाइरस अन्त्य हुनु अघि अझै संक्रमण उच्च विन्दुमा पुग्न सक्ने बताएका छन् । डब्लु एच ओले चीन बाहिर रहेका ४ सय ४१ संक्रमणका केस मध्ये ८ वटा केसको भाइरसको संक्रमणको स्रोत पत्ता लगाउन सक्षम भएको जनाएको छ । चीनको हुबेइ प्रान्त बाहेक अन्य स्थानमा संक्रमणको दर अत्यन्त न्युन रहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्