News , Province

कोशीटप्पुमा गैंडा ल्याउने योजना अलपत्र

Wed Mar 27

काठमाडौ, चैत्र १३ : सुनसरी स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले आरक्षको क्षेत्र विस्तार गर्दै राष्ट्रिय निकुञ्जमा रूपान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा ल्याउने योजना अलपत्र परेको छ । निकै महत्वकांक्षी योजना अन्तरगत सरकारले दुई वर्ष पहिले नै आरक्षबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगी त्यहाँबाट अर्नाको सट्टा १५ वटा गैँडा स्थानान्तरण गर्ने योजना बनाएको थियो । तर अर्ना लगिए पनि गैंडा नल्याउदा भने योजनाले पूर्णता पाउन सकेको छैन । उदयपुर, सुनसरी र सप्तरीको त्रिकोणात्मक सीमाभित्र १७५ वर्ग्किलोमिटर क्षेत्रफल ओटेको आरक्षमा सरकारले २०६१ साल भदौ ३१ गते मध्यवर्ती क्षेत्र घोषणा गरी सोहीअनुरूप विभिन्न काम गर्दै आएको छ । पूर्वी नेपालको तराई मधेसमा पाइने वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्ने यस आरक्षमा चराचुरुङ्गीको अध्ययन, अनुसन्धान र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्