Province

खोटाङको धार्मिकस्थल हलेसी महादेव मन्दिर अनिश्चितकालका लागि बन्द

Tue Mar 24

खोटाङ, चैत्र ११ः कोरोना भाइरस कोभिड–१९को महामारीबाट जोगिन खोटाङको धार्मिकस्थल हलेसी गुफा प्रवेश गर्न अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दैनिक आन्तरिक तथा बाह्‍य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसी गुफा प्रबेश अनिश्चितकालका लागि बन्द गरिएको हो ।

विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रिने धार्मिकस्थल हलेसीको महादेवको मुख्य द्वार तथा बसाहा गुफाको प्रवेशद्वार बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

कोरोनाको महामारीबाट जोगिन चैत २० गते हलेसीमा लाग्ने रामनवमी मेलासमेत बन्द भएको छ । हलेसी मन्दिर परिसरमा यसअघि बिक्री गरिँदै आएको डोरा मालासमेत बेच्‍न प्रतिबन्ध लगाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्