Others

झुठो विवरणले समस्या

Thu Mar 7

काठमाडौ फागुन २७: दोलखामा झुटो विवरण पेश गरी भुकम्पपिडितको अनुदान रकम लिएको भन्दै उजुरी पर्न थालेपछि अहिले दोलखाका सबै पालिकाबाट विवरण संकलनको काम सुरु गरिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलयले विवरण संकलनको लागी माघ अन्तिम साता ९ वटै पालिकालाई पत्राचार गरेसंगै विवरण संकलनको काम सुरु गरिएको हो । झुटो विवरण पेश गरी अनुदान रकम लिने विरुद्ध आएको उजुरी माथी जिल्ला प्रशासन कार्यलयले छानविन गर्ने भएको छ । ९ वटै पालिकाले वडालाई पत्राचार गरी विवरण संकलनको काम गर्न निर्देशन दिएको पालिका प्रमुखहरुले बताएका छन । अन्यत्र बस्न योग्य घर हुदाहुदै झुटो विवरण पेश गरी अनुदान रकम लिएको भन्दै कालिञ्चोक गाउपालिकामा १९ जना विरुद्ध उजुरी समेत परेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्