Sports

घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालको किर्तिमान

Thu Feb 13

काठमाडौं, फागुन १: घरेलु मैदान किर्तिपुर मैदानमा विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको सम्पन्न भयो ।

प्रतियोगीतामा समग्र मिश्रित नतिजा निकालेको नेपालले अन्तिम खेलमा भने किर्तिमानहरु बनायो । अमेरिकालाई कम बलमा अल ‌आउट गर्दा विश्व किर्तिमानमा समेत नेपाल बराबरी गर्न सफल भयो ।

टियु क्रिकेट मैदानमा भएको शृङ्खलाको अन्तिम खेलमा जित निकाल्दै ४ खेलमा २ जित सहित नेपालले लिगको सुखद अन्त्य गर्यो । अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा समेट्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको किर्तिमान बनाउदै जित दर्ता गराएको हो ।

त्यस्तै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्ने कीर्तिमानी पनि बनाएको छ । नेपालले अमेरिकालाई अलआउट गरेको ३५ रनको स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिका विरुद्धको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले ६ तथा सुशन भारीले ४ विकेट लिए ।

अमेरिकाविरुद्ध सन्दीप लामिछानेले १६ रन खर्चेर ६ विकेट लिए । यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम रन र बढी विकेट लिएको बलिङ हो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्