News

चलचित्र उद्योगमा कोरोनाको प्रभाव

Tue Mar 17

काठमाडौं, चैत्र ४ः कोरोना भाइरसका कारण चलचित्र उद्योग पनि प्रभावित बन्न पुगेको छ । कोरोनाका कारण चिनियाँ चलचित्र उद्योगले १० अर्ब डलरभन्दा बढी घाटा ब्यहोरिसकेको समाचार बाहिर आएका छन् ।

बलिउड र हलिउडसँगै नेपाली चलचित्र उद्योगमा पनि कोरोनाको प्रभाव देखिन थालेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउनुहुन्छ । नेपालमा कोरोनाको सङ्क्रमण नदेखिए पनि त्यसको प्रभाव नेपाली चलचित्र क्षेत्रमा देखिएको छ । जसका कारण चलचित्र हलहरुमा दर्शकहरुको संख्या घट्दै गएको छ भने चलनित्र छायाङ्कन समेत स्थगित भएका छन्।

कोरोना भइरसको त्रासका कारण निर्माताहरुले चलचित्रहरुको प्रदर्शन मिति समेत पछाडि सारेका छन् । फागुन ३० गते रिलिज हुने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अनिश्चित समयको लागि पछाडि सारिएको छ । आगामी चैत ७ गतेलाई प्रदर्शन मिति तय भएको  चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति पनि पछि सरेको छ ।

नेपालका झन्डै १ सय ५० को हाराहारीमा चलचित्र घर संचालनमा छन् भने बार्षिक ढेड सयको हराहरीमा चलचित्र बन्ने गरेका छन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्