News , Politics

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

Mon Oct 7

काठमाडौं, असोज २०:दशैँले सबैलाई छोपे पनि राजधानी काठमाडौँका केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । राजधानीको मुटुमा रहेको तीनकुनेमा कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् ।  विभिन्न प्रजातिका फूल रोपिएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न थालिएको हो । फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पाउँदैछ । सडक कालोपत्रे गर्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्