World

चिनिया मोबाइल उत्पादक कम्पनी हुवावेका प्रमुख वित्तिय अधिकृतलाई क्यानडाको अदालतले धरौटीमा रिहा

Wed Dec 12

चिनिया मोबाइल उत्पादक कम्पनी हुवावेका प्रमुख वित्तिय अधिकृतलाई क्यानडाको अदालतले धरौटीमा रिहा गरेको छ । हुवावे प्रमुख मेङ वान जु लाई एघार दिनअघि क्यानडा सरकारले पक्राउ गरेको थियो । उनलाई इरानमा गरिएको अन्तर्राष्ट्रिय नाकाबन्दीको उल्लंघन गरेको अभियोग लगाइएको थियो । क्यानडाको भ्यानकुभरस्थित अदालतले मेङलाई ७ करोड ४० लाख अमेरिकी डलर धरौटी लिएको छ । मेङलाई चौवीसै घन्टा निगरानीमा राखिनेछ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेङ पक्राउको बिषयमा हस्तक्षेप गर्न सक्ने बताउनु भएको छ । क्यानडामा उनको पक्राउले चीन र क्यानडाबीचको सम्बन्धमा समेत तनाव उत्पन्न भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्