News , Politics

चिलीमा संकटकालको घोषणा

Sun Oct 20

काठमाडौं, कार्तिक ३:चिलीको सान्टियागो राज्यमा संकटकाल घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन चर्कएपछि आज चिलीका राष्ट्रपतिले संकटकाल घोषणा गर्नुभएको हो । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । संकटकाल घोषणाअघि भएको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच  पटकपटक झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्याएका छन् । प्रदर्शनकारीहरुको तोडफोडबाट थुप्रै बस र दर्जनौँ स्टेशनहरु क्षतिग्रस्त भएका छन् । चिलिका राष्ट्रपति सेबास्टीअन पिनेराले संकटकाल घोषणा गर्नुहुँदै अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागु हुने उल्लेख गर्नुभएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्