Featured , Politics

चीनबाट ल्याउने नेपालीलाई राख्ने सबै तयारी पुरा

Thu Feb 13

काठमाडौं, फागुन १: सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पुरा गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सम्बद्द अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको जनाएको हो ।

चीनको हुवेई प्रान्तमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा तोकेका क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कताकासाथ काम भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।

चीनबाट फर्काइने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित बिद्युत प्राधिकरण तालिम केन्द्रका भवनहरु खाली गरि क्वारेन्टाइनको उपयोगका लागि तयार गरिएको छ । चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, जहाजका कर्मचारी लगायतलाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ ।

यसैबीच बेइजिङस्थित नेपाली दुतावासले चीनको हुवेमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि चीनीयाँ सरकारसँग जहाजको उडान अनुमति मागेको जानकारी गराएको छ । दुतावासले त्यहाँ रहेका नेपालीलाई पठाएको सन्देशमा उद्दारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्