News , World

चीनमा बाढीको प्रभाव

Wed Jun 12

काठमाडौं, जेठ २९ :दक्षिणी चीनमा भारी वर्षाका कारण आएको बाढी र डुबानमा परी कैयौं मानिसको मृत्यु हुनुका साथै लाखौं मानिस प्रभावित भएका छन् । घरको भूई तल्लामा फसेका धेरै मानिसको मृत्यु हुनुका साथै हजारौं घरमा क्षति पुगेको जनाइएको छ । डुबान तथा बाढीमा फसेका सर्वसाधारणको प्रहरी अधिकारी तथा उद्दारकर्ताहरुले अन्यत्र सार्ने कार्य गरिरहेका छन् । भारी वर्षाकै कारण हजारौं हेक्टर जमिनमा लगाइएको बाली नष्ट भएको छ । सडक तथा पुलहरुमा पनि व्यापक क्षति पुगेको छ । स्थानीय प्रशासनले खतरनाक पहिरो जानसक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएका छन् । चीनको मौसम पूर्वानुमान सम्बन्धी निकायले दक्षिणी प्रान्तहरु जियानजी र हुनानमा अहिलेसम्मकै भारी वर्षा भएको समाचार छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्