News , World

चीनमा भाइरसको भय

Tue Jan 21

काठमाडौं, माघ ०७:चीनमा भेटिएको नयाँ भाइरसको संक्रमण नयाँ नयाँ स्थानमा पनि फैलदै जान थालेपछि भाइरसको भय बढ्दै गएको छ । सुरुमा चीनको उहानमा देखापरेको भाइरसको संक्रमण अन्य शहरहरुमा समेत देखिन थालेपछी त्यसको असरलाई लिएर सर्वत्र त्रास बढेको हो । गत महिना पहिलो पटक देखिएको कोरोना नाम दिइएको यो भाइरस सुरुवाती दिनको तुलनामा यो साता तीन गुणाले बृद्धी भएको पाइएको छ । भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटना देखिएका छन् । राजधानी बेइजिङ, सङ्घाइ र सेन्जेनमा पनि उक्त भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म पुष्टि भएका सङ्क्रमणको सङ्ख्या २०० नाघेको बताइएको छ । विविसीले जापान, थाइल्याण्ड र दक्षिण कोरियामा यही भाइरसको संक्रमण फेला परेको पुष्टी भएको उल्लेख गरेको छ । श्वासप्रश्वासका माध्यमबाट सर्ने यो भाइरसको संक्रमणबाट निमोनिया हुने र विरामीको मृत्यु हुने गरेको पाइएको छ । सन् २००० को सुरुवातमा ७७४ जनाको ज्यान लिनेगरी विश्वभर फैलिएको सार्स नामको भाइरस पछि अहिले भेटिएको कोरोना भाइरसलाई शक्तिशाली र डरलाग्दो मानिएको छ । चीनले भाइरस कहाँबाट र करसी फैलियो भन्नेबारेमा अनुसन्धान भइरहेको बताएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्